ललितपुर । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको अन्तिम खेलमा नेपालले १४१ रनको लक्ष्य पछ्याउँदै १३।५ ओभरमा ६८ रनमा अलआउट भयो। रोमा थापाले १४ रन अविजित बनाइन् भने विन्दु रावल १४ र रुविना क्षेत्री १० रनमा सीमित भइन् ।
स्कटल्यान्डका लागि अब्ताहा मकसुदले तीन विकेट लिए, क्याथरिन फ्रेजर र कप्तान क्याथरिन ब्राइसले दुई–दुई विकेट लिए भने राहेल स्लेटर र ओलिभिया बेलले एक–एक विकेट लिए। पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा १४० रन बनाएको थियो । प्रियनाज चटर्जीले ४५, एल्सा लिस्टरले २२, सारा ब्राइसले १८, मेगन म्याककोलले १७ र राहेल स्लेटरले ११ रन योगदान गरिन् ।
नेपालका लागि मनिषा उपाध्यायले चार विकेट लिइन्, रुविना क्षेत्रीले तीन र रिया शर्मा, सीता रानामगर तथा कविता जोशीले समान एक–एक विकेट लिए ।
चार खेल खेलेको नेपालले एकमा जीत र तीनमा पराजय भोग्दा, समूह ‘बी’ मा चौथो स्थानमा रह्यो। स्कटल्यान्डले चार अङ्कका साथ सुपर सिक्समा स्थान बनाएको छ ।













फेसबुकबाट तपाईको प्रतिक्रिया