२०८२ फाल्गुन ६ | Feb 18, 2026

रूसी आक्रमणले युक्रेनलाई गहिरो संकटमा पुर्‍याउने चेतावनी – युरोपियन युनियन

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १५
|
1.2k views

युरोपेली युनियनका शीर्ष कूटनीतिज्ञ काजा कालासले बिहीबार युक्रेनले “मानवीय प्रकोपको सामना गरिरहेको चेतावनी दिनु भएको छ । युद्धको अन्त्य गर्न अमेरिकी आयोजनामा अबुधाबीमा भएको वार्ताको बावजुद रूसले युक्रेनीहरूलाई प्रहार गर्दै उनीहरूलाई आत्मसमर्पण गराउन प्रयास गरिरहेको कलासले बताउनु भएको छ । निकै कठिन जाडो को समयमा युक्रेनीहरू साँच्चै पीडित रहेका बताउदै उहाँले यसक्रनेमा मानवीय प्रकोपको सँघारमा रहेको उहाँले ब्रसेल्समा युरोपेली संघको बैठकमा बताउनु भएको छ । उहाँले तापक्रम –२० डिग्री सेल्सियस भन्दा तल झरेको समयमा रूसले युक्रेनको उर्जा र पूर्वाधारविरुद्ध आफ्नो आक्रमण बढाई, बासिन्दाहरूलाई अन्धकार र चिसोमा बस्न बाध्य पारेको बताउनु भएको छ । यसै विच युरोपियन युनियनले युक्रेनको पावर ग्रिडका लागि समर्थन बढाउन खोजिरहेको छ र अर्को महिना आक्रमणको चौथो वार्षिकोत्सवका लागि मस्कोमाथि नयाँ चरणको प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ ।

स्विडेनकी विदेश मन्त्री मारिया स्टेनरगार्डले मस्कोको राजस्वलाई थप नियन्त्रण गर्न “ऊर्जा ढुवानी गर्ने सबै रूसी जहाजहरूमा पूर्ण सेवा समुद्री प्रतिबन्ध“ का लागि आह्वान गर्नु भएको छ । उहाँले रूसबाट मल आयातमा प्रतिबन्ध लगाउन र युरोपेली संघबाट देशमा विलासी सामान निर्यातमा प्रतिबन्ध लगाउन पनि आग्रह गर्नु भएको छ । युरोपियन युनियनले सन् २०२२ मा युक्रेनमा आक्रमण गरेपछि रूसमाथि १९ औँ चरणको प्रतिबन्ध लगाएको छ भने छुट्टै पहलमा, एस्टोनियाका विदेश मन्त्रीले रूसीहरूमाथि समन्वित सेन्जेन भिसा प्रतिबन्ध लगाउन युरोपेली सङ्घका देशहरूलाई आह्वान गर्नु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया