|
|
२०८२ माघ १९
5.5k views
ललितपुर – स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३,४०० ले घटेको छ । आइतबार प्रतितोला रु ३ लाखमा कारोबार भएको सुनको मूल्य आज घटेर रु २,८६,६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला रु ५,५०० मा कारोबार भएको चाँदी आज रु ५,२०० मा कारोबार भइरहेको छ ।
यस अघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। सो दिन प्रतितोला सुनको मूल्य रु ३,३९,३०० पुगेको थियो । तीन दिनको छोटो अवधिमा सुनको मूल्य तोलामा रु ५२,७०० ले घटेको महासङ्घले जनाएको छ ।





फेसबुकबाट तपाईको प्रतिक्रिया