ललितपुर - ललितपुर – बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आजदेखि ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप’ (विनोद बस्नेत स्मृति संस्करण) सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुने आयोजक अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा स्वदेशी र विदेशी गरी १० टोलीले भाग लिँदैछन् । दोस्रो खेल माघ २५ गते त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । क्वाटरफाइनल माघ २६ देखि २९ गतेसम्म सञ्चालन हुनेछ भने सेमिफाइनल फागुन १–२ र फाइनल फागुन ४ मा खेलिने तालिका सार्वजनिक गरिएको छ ।
विजेताले रु १५ लाख नगद र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले रु ७ लाख ५० हजार पाउनेछन्। व्यक्तिगत पुरस्कारमा सर्वोत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, प्रशिक्षक र उच्च गोलकर्ताले रु ३५ हजार, तथा प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ले रु २५ हजार पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको मुख्य प्रायोजक एग्रो थाई फुड्स प्रालिको एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स रहेको छ ।

बिजनेस पाटी