२०८२ फाल्गुन ६ | Feb 18, 2026

सन नेपाल लाइफको ४ दिने सेल्स ट्रेनिङ अगैयामा सुरु

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २०
|
408 views

ललितपुर – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरूको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित चारदिने सन नेपाल इन्टरनेशनल सेल्स ट्रेनिङ (ISST) अगैया स्थित “स्प्रिंग रिभर साइड रिसोर्ट” मा सुरु भएको छ । तालिम १९ गतेदेखि सञ्चालनमा आएको हो ।

तालिम उद्घाटन समारोहमा प्रमुख अतिथि वरिष्ठ नायब कार्यकारी अधिकृत कवि फुयालले बीमा क्षेत्रलाई विश्वासिलो, व्यावसायिक र प्रविधिमैत्री बनाउन अभिकर्ताको भूमिका निर्णायक हुने बताउनुभयो । यस्ता प्रशिक्षण कार्यक्रमले अभिकर्ताको सीप विकाससँगै संस्थागत क्षमता मजबुत बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाई, तालिम विभाग प्रमुख भुवन सिंह मुरी मगर तथा राप्ती–भेरी रिजन प्रमुख दिपेन्द्र रावत अतिथिका रूपमा सहभागी रहनुभएको थियो । तालिममा अभिकर्ताहरूलाई निरन्तर सिकाइ, ग्राहकमैत्री सेवा, बिक्री रणनीति र आधुनिक बीमा अभ्याससम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।

तालिमका प्रमुख विषयहरूमा अभिकर्तालाई आत्मविश्वासी र दक्ष बनाउने, बिक्री तथा सेवा क्षमतामा सुधार ल्याउने, पेशालाई प्रोफेसनल, आधुनिक र प्रविधिमैत्री बनाउने, बीमा पेशालाई सम्मानजनक र व्यवस्थित रूपमा विकास गर्ने तथा बीमासम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने विषयहरू समावेश छन् ।

१९ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने उक्त तालिममा प्रमुख बजार अधिकृत गणेश चौलागाई, तालिम विभाग प्रमुख भुवन सिंह मुरी मगर तथा राप्ती–भेरी रिजन प्रमुख दिपेन्द्र रावत मुख्य प्रशिक्षकका रूपमा सहभागी भई प्रशिक्षण प्रदान गर्नेछन् ।

यस तालिमले स्थानीय अभिकर्ताहरूलाई बीमा सेवामा अझ प्रभावकारी, जिम्मेवार र परिणाममुखी बनाउन प्रेरित गर्ने विश्वास कम्पनीले लिएको आयोजकले जनाएको छ ।

हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभर १४८ वटा शाखा तथा उपशाखामार्फत बीमा सेवा प्रदान गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया