ललितपुर – एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर जारी गर्न अनुमति दिएको हो ।
कम्पनीको शेयर बिक्री प्रबन्धकका रूपमा हिमालयन क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। एपोलो हाइड्रोपावरले ओखलढुंगा जिल्लामा जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ ।
धितोपत्र बोर्डका अनुसार चालु आर्थिक वर्षमा हालसम्म १५ वटा कम्पनीले आईपीओ निष्कासनको स्वीकृति पाइसकेका छन् । तीमध्ये नौ जलविद्युत्, चार उत्पादनमूलक, एक होटल तथा पर्यटन र एक विकास बैंक क्षेत्रका कम्पनी रहेका छन् ।
यस अवधिसम्म बोर्डले कुल ६ अर्ब १ करोड १७ लाख २७ हजार ८ सय रुपैयाँ बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरिसकेको जनाएको छ ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया