राष्ट्रियसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ पारित

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २३
|
867 views

ललितपुर - ललितपुर – राष्ट्रियसभाले आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सर्वसम्मत रूपमा पारित गरेको छ । प्रधानमन्त्री तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले विधेयक पेश गर्नुभएको थियो ।

सभाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफल गर्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको थियो। छलफलमा सांसद डा. वेदुराम भुसाल, सुमित्रा विसी र रुक्मिणी कोइरालाले भाग लिनु भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री सिन्हाले अनुसन्धान र अन्य विविध आयामलाई सम्बोधन गर्न विधेयक आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक माघ २६ गते सोमबार अपराह्न १ः१५ बजे बस्ने गरी कार्यक्रम तय गरिएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube