२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेपाली कांग्रेसले दियो सिंहदरबार नजल्ने ग्यारेन्टी

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २४
|
510 views

ललितपुर –  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनपछि देशमा हिंसा र अशान्ति नहुने सुनिश्चितता आफ्नो पार्टीले मात्र दिनसक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भाद्र २३–२४ का घटनाको स्मरण गर्दै भने, फागुन २१ पछि २२ पनि आउँछ । अर्को वर्ष भाद्र २३–२४ पनि आउँछ । तर फेरि सरकारले नागरिकलाई गोली चलाउँदैन फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी कसैले दिन सक्दैन, त्यो ग्यारेन्टी नेपाली कांग्रेसले मात्र गर्न सक्छ ।

थापाले निर्वाचनपछि कांग्रेसले देशको सम्हाल्ने कामको नेतृत्व गर्ने र विकासको नयाँ अध्याय सुरु गर्ने योजना रहेको पनि बताए । उनले भने, देशभित्रको अविश्वासलाई भरोसामा बदल्ने काम एकअर्काप्रतिको अनिश्चिततालाई विश्वासमा बदल्ने काम हाम्रो हो । हामी सबैसँग संवाद गर्छौँ – तन्नेरीसँग, बुढापाकासँग, मधेश र पहाड सबैसँग, साथै देशबाहिर रहेका लाखौँ नागरिकसँग पनि ।

सभापति थापाले कांग्रेसले फागुन २१ पछि देश विकासको नयाँ अध्याय सुरु गर्न सबै पक्षसँग हातेमालो गर्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया