सुनचाँदीको मूल्य पुनः उकालो, स्थानीय बजारमा उल्लेख्य वृद्धि

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २५
|
918 views

ललितपुर - ललितपुर –  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । शुक्रबारको तुलनामा दुवै बहुमूल्य धातुको भाउ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख ५०० कायम भएको छ। यस्तै, एक तोला चाँदीको मूल्य रु पाँच हजार १० पुगेको छ ।

यसअघि शुक्रबार सुन प्रतितोला रु दुई लाख ९१ हजार र चाँदी रु चार हजार ७१० मा कारोबार भएको थियो । बिहीबार सुनको मूल्य रु दुई लाख ९५ हजार २०० तथा चाँदी रु चार हजार ९८० मा खरिदबिक्री भएको थियो ।

गत बुधबार सुनको मूल्य अझै उच्च रहेर रु तीन लाख चार हजार ७०० पुगेको थियो भने चाँदी रु पाँच हजार ६०० मा कारोबार भएको थियो। मङ्गलबार सुन रु दुई लाख ९० हजार ३०० र चाँदी रु पाँच हजार ३३५ मा किनबेच भएको तथ्याङ्क छ ।

अन्तरराष्ट्रिय बजारमा समेत सुनचाँदीको भाउ उकालो लागिरहेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ४,४६७ अमेरिकी डलर र चाँदी ७७ अमेरिकी डलर मा कारोबार भइरहेको छ ।

लगातार मूल्यवृद्धिसँगै स्थानीय बजारमा सुनचाँदी कारोबारमा प्रभाव पर्ने अनुमान गरिएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube