२०८२ चैत्र २१ | Apr 04, 2026

१० वर्षदेखि पुल अधुरो, पटक–पटक दुर्घटना, सहजा खोलामा फेरि दुर्घटना, ३ जना घाइते

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २६
|
2k views

ललितपुर – हुलाकी राजमार्गअन्तर्गत औरही गाउँपालिका–५ स्थित सहजा खोलामा कार दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । गए मध्यराति राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको बागमती प्रदेश बीएबी ७८२१ नम्बरको कार खोलामा खसेको हो ।

दुर्घटनामा २२ वर्षीय चालक अभिषेककुमार राय, ३९ वर्षीया दिपिका कुमारी उपाध्याय र २० वर्षीया प्रिति पट्टेल घाइते भएका छन् । उनीहरूको सिरहास्थित प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि जनकपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

सहजा खोलामा १० वर्षदेखि पुल निर्माण अलपत्र हुँदा पटक–पटक दुर्घटना हुँदै आएको छ । पछिल्लो घटनापछि आक्रोशित स्थानीयले हुलाकी राजमार्ग अवरुद्ध गर्दै ठेकेदारमाथि कारबाही र तत्काल पुल निर्माणको माग गर्दै आन्दोलन थालेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया