|
|
२०८२ माघ २६
918 views
ललितपुर - ललितपुर – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर धापाखेल बस्ने ४३ वर्षीय विना महर्जन, ४५ वर्षीया विन्दा महर्जन, बागलुङ काठेखोला गाउँपालिका–२ की ४३ वर्षीया कोपिला शर्मा, धनकुटा नगरपालिका–२ का ३१ वर्षीय सन्तोष राई र काभ्रे चौंरीदेउरीली नगरपालिका–९ की ४८ वर्षीया कुमारी तामाङ रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार, पक्राउ परेकामध्ये
- विना र विन्दाले अमेरिका पठाइदिने भन्दै रु १० लाख लिई सम्पर्कविहीन भएको उजुरीको आधारमा
- कोपिलाले बेलायत पठाइदिने भन्दै रु १३ लाख
- सन्तोषले कम्बोडिया पठाइदिने भन्दै रु ३ लाख ७० हजार
- कुमारीले पोर्चुगल पठाइदिने भन्दै रु १३ लाख ६० हजार लिई सम्पर्कविहीन भएको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले जानकारी दिनुभयो ।

बिजनेस पाटी