|
|
२०८२ माघ २७
1k views
ललितपुर - ललितपुर – काठमाडौंबाट ओखलढुंगाको रगनीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापमा तामाकोशी नदीमा खसेको छ । दुर्घटनामा ठूलो हताहती भएको आशंका गरिएको छ ।
रामेछापको मन्थली नगरपालिका–६ मा पर्ने स्थानमा बस नदीमा खसेको हो । घटनास्थलमा रहेका अनेरास्ववियु रामेछाप संयोजक गोपाल थोकरका अनुसार केही शव नदीमा तैरिएर बगिरहेको देखिएको छ ।
स्थानीय बासिन्दा र प्रहरी टोली अहिले उद्धार कार्यमा सक्रिय छन् । गाडी नम्बर तथा अन्य विस्तृत विवरण भने खुल्न बाँकी रहेको उनले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपीले पनि उद्धार कार्य जारी रहेको बताएका छन् । प्रहरीले दुर्घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ ।

बिजनेस पाटी