दार्चुलामा प्रहरी हवल्दारको शव फेला, घटना शंकास्पद

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २७
|
765 views

ललितपुर - ललितपुर –  महाकाली नगरपालिका–४, बांगाबगडस्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत नेपाल प्रहरीका हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शवको अवस्था शंकास्पद देखिएको छ। प्रहरी निरीक्षक हेमराज भट्टले घटनाबारे अनुसन्धान जारी रहेको र सत्य–तथ्य पत्ता लगाइने जानकारी दिनुभयो ।

प्रहरीले थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube