रामेछाप तामाकोशी बस दुर्घटना: मृतकको संख्या १२

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २७
|
1.3k views

ललितपुर - ललितपुर – काठमाडौंबाट ओखलढुंगाको पोकली जाँदै गरेको बस तामाकोशी नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार, दुर्घटनास्थलमा खोजी गर्दा ६ वटा शव फेला परेको छ भने अस्पतालमा उपचारको क्रममा अरू ६ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर घाइते भएका ८ मध्ये ७ जनालाई धुलिखेल अस्पताल लगिएको छ । बस प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको अरनिको यातायात कम्पनीको बस भएको छ ।

यात्रु विवरण अनुसार, जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए। थप यात्रु बसमा चढेको खुल्न सकेको छैन । दुर्घटनाको समयमा बस सडकबाट खसेर नदीमा डुबेको थियो । सशस्त्र प्रहरीको गोताखोर टोली हाल पनि उद्धार र खोजी कार्यमा सक्रिय छ ।

 पात्रो/राशिफल  रेडियो YouTube