|
|
२०८२ माघ २९
3k views
ललितपुर - ललितपुर – स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु १०० ले घटेको छ भने चाँदीको मूल्य रु ५० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ३ लाख ६ हजार ५०० कायम भएको छ । त्यसैगरी एक तोला चाँदीको मूल्य रु ५ हजार ३४० निर्धारण गरिएको छ ।
बुधबार सुन प्रतितोला रु ३ लाख ६ हजार ६०० र चाँदी रु ५ हजार २९० मा कारोबार भएको थियो । गत मङ्गलबार सुन रु ३ लाख ५ हजार ५०० र चाँदी रु ५ हजार २४० कायम थियो । यस्तै, गत सोमबार सुन रु ३ लाख ४ हजार ६०० र चाँदी रु ५ हजार २५० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उतारचढाव देखिएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ५ हजार ८३ अमेरिकी डलर र चाँदी ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

बिजनेस पाटी