प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक छपाइ सामग्री निर्वाचन आयोगमा आउन सुरु

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २९
|
1.1k views

ललितपुर - ललितपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक छपाइ सामग्री छापिएर निर्वाचन आयोगमा आउन सुरु भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको छापाखानामा छापिएका मतदान निर्देशिका, मतगणना निर्देशिका, निर्वाचनसम्बन्धी ऐन, नियम तथा अन्य निर्देशिका आवश्यक परिमाणमा छापिसकिएको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । छापिएका सामग्रीलाई निर्वाचनका अन्य सामग्रीसँगै ७७ वटै जिल्लामा पठाउने तयारी गरिएको छ ।

प्रतिष्ठानबाट पहिलो चरणमा पाँच हजार छपाइ सामग्री आयोगमा आइपुगेको उहाँले बताउनुभयो । बाँकी सामग्री पनि क्रमशः प्राप्त भएपछि जिल्लागत रूपमा पठाउने तयारी अवस्थामा राखिने छ ।

यता, मतपत्र भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ भइरहेको आयोगले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube