वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १
|
816 views

ललितपुर - ललितपुर – दार्चुला, शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरी गरगहना लुटपाट गरेको आरोपमा अन्दाजी २३ वर्षीय उमेश साउदबैतडी घर भएका २३ वर्षीय गोपाल नाथ पक्राउ परेका छन् । प्रहरीले जानकारी दिनुहुँदा साउद ट्याक्टर चालक र नाथ उनका सहयोगी रहेको पुष्टि भएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार मृतकका छिमेकी साउदकै योजनामा हत्या गरी करिब दुई तोला गरगहना लुटिएको खुलेको छ ।

अभियुक्तमध्ये साउद पहिले चोरीको मुद्दामा ११ महिना जेल भुक्तान गरिसकेका हुन् भने नाथले चार महिना कैद भोगेका थिए। दुवै लागुऔषध दुव्र्यसनीमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।

बयानका क्रममा दुवै अभियुक्तले अभियोग स्वीकार गरेका छन् र घटनाको विस्तृत अनुसन्धान जारी छ ।

 पात्रो/राशिफल  रेडियो YouTube