सुनको मूल्य ९०० ले घट्यो, चाँदीको भाउमा सामान्य वृद्धि

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ५
|
918 views

ललितपुर - ललितपुर – आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोल बढेको छ। सोमबारको तुलनामा आज सुन प्रतितोला रु ९०० ले घटेको छ भने चाँदी रु २५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ९०० निर्धारण गरिएको छ। त्यस्तै, एक तोला चाँदीको मूल्य रु चार हजार ८८५ कायम भएको छ ।

हिजो सोमबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख दुई हजार ८०० तथा चाँदी रु चार हजार ८६० रहेको थियो। साताको पहिलो दिन आइतबार भने प्रतितोला छापावाल सुन रु तीन लाख पाँच हजार ८०० र चाँदी रु चार हजार ९८५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा भने एक औँस सुन चार हजार ९७० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य ८० अमेरिकी डलर पुगेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube