राष्ट्रिय एकता सबैको जिम्मेवारी – राष्ट्रपति पौडेल

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ५
|
663 views

ललितपुर - ललितपुर – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा शेर्पा समुदायको उल्लेखनीय भूमिका रहेको बताएका छन् ।

नेपाल शेर्पा सङ्घद्वारा २१५३औँ ग्याल्पो लोसार (नयाँ वर्ष) का अवसरमा शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले शेर्पा समुदायको योगदानको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, नेपालको पर्यटन, पर्वतारोहण क्षेत्रमा ख्याति कमाएका शेर्पा समुदाय इमान्दार, परिश्रमी र प्रकृतिप्रेमी जातिकारुपमा परिचित छन् । शताब्दीयौँदेखि नेपालको हिमाली क्षेत्रबाट फैलिएका यो जाति आज विश्वभर फैलिएर आफ्नो समुदायको मात्र नभएर नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नु खुशीको विषय हो ।

राष्ट्रपति पौडेलले शेर्पा समुदाय नेपालको आदिवासी समुदाय भएको र यसले राष्ट्रिय गौरव, शान र प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान दिएको बताए। उहाँले थपे, वास्तवमा हाम्रो मौलिक पहिचान भनेको यहाँ रहेका विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, रहनसहन, परम्परा र चाडपर्व हो।

यस प्रकारका चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा योगदान दिने उल्लेख गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउनु साझा दायित्व भएको बताए। साथै उहाँले सुशासनमार्फत समृद्धि, शान्ति र स्थायित्व कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति पौडेलले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सफलताका लागि पनि सबैलाई आव्हान गर्नुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube