सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा रु १,५०० ले ओरालो

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ६
|
1k views

ललितपुर - ललितपुर – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मङ्गबारको तुलनामा आज सुन प्रतितोला रु १,५०० ले घटेको हो भने चाँदी रु ५ ले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु ३,००,४०० निर्धारण गरिएको छ भने एक तोला चाँदीको मूल्य रु ४,८८० तोकिएको छ ।

यसअघि मङ्गबार सुन प्रतितोला रु ३,०१,९०० र चाँदी रु ४,८८५ मा कारोबार भएको थियो । सोमबार सुन रु ३,०२,८०० र चाँदी रु ४,८६० मा खरिदबिक्री भएको थियो। साताको पहिलो दिन आइतबार बजार खुल्दा सुन रु ३,०५,८०० र चाँदी रु ४,९८५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ४,९२० अमेरिकी डलर तथा चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube