उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल फेला

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ७
|
510 views

ललितपुर - ललितपुर – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल तथा स्कुटर खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुका अनुसार, सादा पोसाकमा खटिएको प्रहरी टोलीले विभिन्न ठाउँबाट ३१ मोटरसाइकल र २२ स्कुटर फेला पारेर मालिकलाई फर्काएको छ । भेटिएका सवारीसाधन अधिकांश काठमाडौं वरिपरि जिल्लामा प्रयोग हुने गरेको पाइएको छ ।

चोरी भएका मोटरसाइकललाई नम्बर प्लेट र स्वरूप परिवर्तन गरेर नक्कली कागजपत्रसहित बेचबिखन गर्ने गरिएको पाइएको छ । कार्यालयले सवारी हराएमा नेपाल प्रहरीको हटलाइन १०० वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा तुरुन्तै खबर गर्न आग्रह गरेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube