एक वर्षमै ४० लाखभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ८
|
765 views

ललितपुर - ललितपुर – एक वर्षमा ४० लाखभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता भएका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीका अनुसार लगभग एक वर्षको अवधिमा ठूलो संख्यामा शरणार्थीहरू आफ्नो मातृभूमि फर्किएका हुन् ।

चालु वर्षको सुरुदेखि मात्रै ४० लाख ७६ हजार ८०८ जना अफगान शरणार्थी अफगानिस्तान फर्किएको जनाइएको छ । फर्किनेहरूमा स्वेच्छाले फर्केका तथा निर्वासित दुवै समूह समावेश रहेको बताइएको छ ।

स्वदेश फर्किएपछि अस्थायी शिविरमा राखिएका शरणार्थीहरूलाई अत्यावश्यक सहायता उपलब्ध गराएर उनीहरूका गृह प्रान्तमा पठाइएको आधिकारिक स्रोतहरूले जनाएका छन् ।

सन् २०२१ अगस्टमा अफगान सरकारले सत्ता सम्हालेपछि ८० लाखभन्दा बढी अफगान शरणार्थी विभिन्न देशबाट स्वदेश फर्किसकेको पनि उल्लेख गरिएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube