ललितपुर – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, आलु रातो प्रतिकिलो रु २६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ कायम गरिएको छ ।
यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ३५, रातो मूला प्रतिकिलो रु ३५, भन्टा लाम्चो/डल्लो प्रतिकिलो रु ५५, मटरकोसा प्रतिकिलो रु ५५, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, तिते करेला प्रतिकिलो रु १८०, लौका प्रतिकिलो रु ९०, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १५०, स्कुस प्रतिकिलो ६० तोकिएको छ ।
सागफूलका मूल्यमा रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकिलो रु ३५, चमसुर प्रतिकिलो रु ३०, हरियो प्याज प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ६०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ ।
फलफूलमा स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु २४०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २६०, अङ्गुर (कालो) प्रतिकिलो रु ४००, सुन्तला (भारतीय) प्रतिकिलो रु १७०, तरबुजा हरियो प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २६०, एभोकाडो प्रतिकिलो रु ३५० तोकिएको छ ।
मसला तथा अन्य कृषि उत्पादनमा अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ९००, भेडे खुर्सानी प्रतिकिलो रु १३०, हरियो लसुन प्रतिकिलो रु ५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५० कायम गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया