२०८२ चैत्र २२ | Apr 05, 2026

पूर्वी लेबनानमा इजरायली आक्रमणमा तीन हिजबुल्लाह कमान्डरको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ९
|
612 views

ललितपुर – पूर्वी लेबनानमा भएको इजरायली हवाई आक्रमणको श्रृंखलामा हिजबुल्लाहका तीन जना कमान्डरको मृत्यु भएको छ भने अन्य थुप्रै व्यक्ति घाइते भएका छन्। लेबनानी सुरक्षा स्रोतका अनुसार आक्रमणमा आठ जना घाइते भएका छन् भने अन्य विवरणमा ३५ जनासम्म घाइते भएको उल्लेख गरिएको छ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार पूर्वी लेबनानको रियाकस्थित एक भवनमा भएको हवाई आक्रमणमा १० जनाभन्दा बढीको मृत्यु र ३० जनाभन्दा बढी घाइते भएका छन्। सिन्हुवाले लेबनानी नागरिक रक्षा स्रोतलाई उद्धृत गर्दै मृतकको संख्या ११ पुगेको३५ जना घाइते भएको जनाएको छ। बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताइएको छ।

सुरक्षा स्रोतका अनुसार मृत्यु हुने तीन हिजबुल्लाह कमान्डरमध्ये हुसेन मोहम्मद याघी, अली जाइद अल–मुसावी र मोहम्मद इब्राहिम अल–मुसावी रहेका छन्।

हिजबुल्लाहले विज्ञप्ति जारी गर्दै कमान्डर हुसेन मोहम्मद याघी “लेबनान र यहाँका जनताको रक्षामा शहीद भएको” जनाएको छ।

सुरक्षा स्रोतहरूका अनुसार इजरायली लडाकु विमानहरूले हिजबुल्लाहका साइटहरूसहित पूर्वी लेबनानका विभिन्न क्षेत्रमा छ वटा हवाई आक्रमण गरेका थिए।

सन् २०२४ नोभेम्बर २७ देखि हिजबुल्लाह र इजरायलबीच युद्धविराम सम्झौता लागू भए पनि त्यसपछि पनि इजरायली सेनाले कहिलेकाहीँ लेबनानमा आक्रमण गर्दै आएको उल्लेख गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया