आजको विदेशी मुद्राकाे विनिमयदर

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १०
|
357 views

ललितपुर - ललितपुर – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर रु १४५.२८ र बिक्रीदर रु १४५.८८ तोकिएको छ । यरोपियन युरो एकको खरिददर रु १७०.९२ र बिक्रीदर रु १७१.६३ रहेको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर रु १९५.७४ र बिक्रीदर रु १९६.५४ कायम गरिएको छ ।

स्वीस फ्रयाङ्क एकको खरिददर रु १८७.१९ र बिक्रीदर रु १८७.९७, अष्ट्रेलियन डलर एकको खरिददर रु १०२.४५ र बिक्रीदर रु १०२.८७, क्यानेडियन डलर एकको खरिददर रु १०६.१६ र बिक्रीदर रु १०६.५९ तथा सिङ्गापुर डलर एकको खरिददर रु ११४.५० र बिक्रीदर रु ११४.९७ तोकिएको छ ।

त्यसैगरी, जापानी येन (१०) को खरिददर रु ९.३६ र बिक्रीदर रु ९.४०, चिनियाँ युआन एकको खरिददर रु २१.०३ र बिक्रीदर रु २१.१२, साउदी रियाल एकको खरिददर रु ३८.७३ र बिक्रीदर रु ३८.८९ तथा कतारी रियाल एकको खरिददर रु ३९.८८ र बिक्रीदर रु ४०.०५ कायम भएको छ ।

थाइ भाट एकको खरिददर रु ४.६६ र बिक्रीदर रु ४.६८, युएई दिराम एकको खरिददर रु ३९.५५ र बिक्रीदर रु ३९.७२, मलेसियन रिङ्गेट एकको खरिददर रु ३७.२२ र बिक्रीदर रु ३७.३८, साउथ कोरियन वन (१००) को खरिददर रु १०.०३ र बिक्रीदर रु १०.०७, स्वीडिस क्रोनर एकको खरिददर रु १६.०२ र बिक्रीदर रु १६.०९ तथा डेनिस क्रोनर एकको खरिददर रु २२.८८ र बिक्रीदर रु २२.९७ तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर रु १८.५९ र बिक्रीदर रु १८.६७, कुवेती दिनार एकको खरिददर रु ४७५.६३ र बिक्रीदर रु ४७७.५९, बहराइन दिनार एकको खरिददर रु ३८५.३१ र बिक्रीदर रु ३८६.९०, ओमानी रियाल एकको खरिददर रु ३७७.३८ र बिक्रीदर रु ३७८.९३ तथा भारतीय रुपैयाँ (१००) को खरिददर रु १६० र बिक्रीदर रु १६०.१५ तोकेको छ ।

राष्ट्र बैंकका अनुसार विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन हुनसक्नेछ। वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube