ललितपुर – नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा वार्षिक लक्ष्यको ४५.०१ प्रतिशत अर्थात् रु ११ अर्ब चार करोड ६५ लाख ८५ हजार राजस्व सङ्कलन गरेको छ । वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार तोकिएको छ ।
लक्ष्य पूरा गर्न बाँकी पाँच महिनामा ५५ प्रतिशत राजस्व उठाउनुपर्ने चुनौती रहेको भन्सार प्रमुख जनार्दन पौडेलले बताउनुभयो । हालसम्म कुनै पनि महिनामा मासिक लक्ष्य पूरा हुन सकेको छैन ।
साउनदेखि माघसम्म क्रमशः ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशत मात्रै राजस्व असुली भएको छ ।
गत आर्थिक वर्षको सात महिनाको तुलनामा चालु आवमा रु नौ करोड २४ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु १० अर्ब ९५ करोड ४१ लाख ८४ हजार राजस्व उठेको थियो ।
जमुनाहा नाकास्थित एकीकृत जाँचचौकी सञ्चालनमा आए पनि पछिल्ला वर्षहरूमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया