२०८२ चैत्र २१ | Apr 04, 2026

आजका लागि कृषिउपजको नयाँ थोक मूल्य निर्धारण

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १०
|
306 views

ललितपुर – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७० र गोलभेँडा सानो (लोकल) रु ३५ कायम भएको छ ।
त्यस्तै, आलु रातो प्रतिकिलो रु २६, आलु रातो (भारतीय) रु २५ र प्याज सुकेको (भारतीय) रु ३८ निर्धारण गरिएको छ ।

तरकारीतर्फ घिउ सिमी (राजमा) प्रतिकिलो रु ११०, तिते करेला रु १८०, घिरौँला रु १४०, भिन्डी रु १३० र लौका रु ७५ कायम भएको छ ।
च्याउमध्ये च्याउ (डल्ले) प्रतिकिलो रु ४३०, राजा च्याउ रु ३०० र सिताके च्याउ रु १,००० तोकिएको छ ।

फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, अनार रु ३३०, अङ्गुर (कालो) रु ४०० र स्ट्रबेरी रु ५०० निर्धारण गरिएको छ ।

मसलातर्फ खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ९००, सुकेको खुर्सानी रु ४३०, अदुवा रु १२० र लसुन सुकेको (चाइनिज) रु २६० कायम भएको छ ।

यसैगरी, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, बचुवा रु २८० र छडी रु २५० निर्धारण गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया