|
|
२०८२ फाल्गुन १०
510 views
ललितपुर – ग्राहक सेवालाई अझ सहज र गुणस्तरीय बनाउने लक्ष्यसहित घोराही स्थित शाखा कार्यालय नयाँ भवनमा स्थानान्तरण गरिएको छ । नयाँ कार्यालयको औपचारिक उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल ले गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाईं, क्षेत्रीय प्रबन्धक दीपेन्द्र रावत, शाखा प्रमुख शशी डीसी तथा अभिकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कम्पनीले अब नयाँ स्थानबाट पोलिसी सेवा, प्रिमियम संकलन र दाबी प्रक्रिया सम्बन्धी सेवाहरू थप प्रभावकारी रूपमा उपलब्ध गराउने जनाएको छ ।
बीमा सेवामा नवप्रवर्तन र पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्स ले देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरिरहेको छ । हाल कम्पनीका १४८ शाखा तथा उपशाखामार्फत सेवा प्रदान भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया