
ललितपुर - ललितपुर – माधवकुमार नेपाल ले गौर नगरपालिका–६ सपगडामा हालै भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै हिन्दू र मुस्लिम समुदायलाई संयमता अपनाउन आग्रह गरेका छन् । धार्मिक सहिष्णुता र सद्भाव कायम राख्दै विवाद समाधानका लागि संवाद र सहकार्य नै उत्तम उपाय भएको उनको सन्देशमा उल्लेख छ ।
उनले साम्प्रदायिक हिंसा कुनै हालतमा स्वीकार्य नहुने भन्दै दुवै समुदायलाई एकअर्काको धर्म, संस्कृति र चाडपर्वको सम्मान गर्न अपिल गरे। माधवकुमार नेपाल ले हिन्दू र मुस्लिम समुदाय परिपूरक रहेको बताउँदै मिलेर बस्नु नै दीर्घकालीन समाधान हुनेमा जोड दिए ।
रौतहट मा पछिल्ला दिनमा भएको विवाद साम्प्रदायिक झडपमा परिणत भएपछि प्रशासनले कर्फ्यु र निषेधाज्ञा जारी गरेको छ । उनले स्थानीय नागरिकको सुरक्षा र जीवन रक्षाका लागि सरकारसँग विशेष ध्यान दिन आग्रह गर्दै केन्द्रमा गृह मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए । घटनालाई थप नबिगार्न सबै पक्षले संयमता अपनाउनु आवश्यक रहेको नेताहरूको भनाइ छ ।

बिजनेस पाटी