
ललितपुर - ललितपुर – गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रिय समाचार समितिको मिडिया संग्रहालय र समाचार बुलेटिन कक्षको अवलोकन गर्नुभएको छ । काठमाडौं स्थित केन्द्रीय कार्यालय भ्रमणका क्रममा उहाँले संग्रहालयमा राखिएका ऐतिहासिक सामग्रीहरूको जानकारी लिनुभयो ।
अवलोकनपछि आगन्तुक पुस्तिकामा उहाँले संग्रहालयमा रहेका राससका स्थापनाकालदेखिका प्रेस, पत्रपत्रिका, बुलेटिन, टेलिफोन र टाइपराइटरजस्ता सामग्रीले सञ्चार इतिहास बुझ्न गहिरो सहयोग पुगेको उल्लेख गर्नुभएको छ ।
भ्रमणका क्रममा राष्ट्रिय समाचार समिति का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सन्दीप राई तथा विभागीय प्रमुखहरूले गृहमन्त्रीलाई स्वागत गर्दै संग्रहालयका बारेमा जानकारी गराउनुभएको थियो । सञ्चार इतिहास संरक्षण र डिजिटल पत्रकारिताको विकासमा संग्रहालयले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।



बिजनेस पाटी