निर्वाचन सहभागिता बढाउन निर्वाचन आयोगको तीन दिने बिदा सिफारिस

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १०
|
1.4k views

ललितपुर - ललितपुर – निर्वाचनमा जनताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यसहित निर्वाचन आयोगले फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ ।

आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बिदा सिफारिसको उद्देश्य मतदान प्रक्रियामा अधिकतम सहभागिता सुनिश्चित गर्नु रहेको बताएका छन् । उनका अनुसार अघिल्ला निर्वाचनमा मतदानको दिन मात्र बिदा दिइने अभ्यास थियो, तर यसपटक तीन दिन बिदा दिँदा नागरिकलाई मतदानका लागि समय र अवसर थप मिल्ने अपेक्षा छ ।

      आयोगले सरकारले सिफारिस स्वीकार गर्ने विश्वास व्यक्त गर्दै निर्वाचनलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ । बिदा लागू भएमा मतदान र निर्वाचनसम्बन्धी गतिविधिमा जनसहभागिता बढ्ने अपेक्षा गरिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube