
ललितपुर - ललितपुर – निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ ।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले उक्त आग्रह गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्नु सबै सरोकारवाला पक्षको दायित्व भएको आयोगले स्मरण गराएको छ ।
आयोगका अनुसार सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षको आचारसंहिता पालनाको अनुगमन भइरहेको छ । केही स्थानीय जनप्रतिनिधि आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएको उजुरी प्राप्त भएकामा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आचारसंहिताअनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा प्रचारप्रसारमा संलग्न हुन सक्ने भए पनि सरकारी स्रोत–साधन प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ ।

बिजनेस पाटी