ललितपुर – चितवनका पूर्वी र पश्चिमी क्षेत्रमा लगाइएको एभोकाडो बगैँचामा क्याङ्कर (खटिराजन्य) रोगको समस्या देखिएको छ । ढुसीजन्य कारणबाट फैलिएको यो रोगको नमुना परीक्षणका लागि पठाइएको कृषि विकास कार्यालय चितवनले जनाएको छ । बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार यो रोग जिल्लामा पहिलो पटक देखिएको हो ।
रोग फाइटोप्थोरा नामक जीवाणुबाट लाग्ने र माटो तथा पानीमार्फत सर्ने बताइएको छ । सुरुमा हाँगा मर्न थालेजस्तो देखिने र पछि पूरै बोट सुक्ने जोखिम रहने भएकाले समयमै नियन्त्रण आवश्यक छ ।
नियन्त्रणका लागि सुझाव
✅ बोटमा सिधै पानी पर्ने गरी सिँचाइ नगर्ने
✅ घाउ वा खटिरा देखिए बोडोपेष्ट प्रयोग गर्ने
✅ बगैँचा सरसफाइमा ध्यान दिने
✅ घाउचोट कम गराउने
✅ ढुसिनासक औषधि प्रयोग गर्ने
चितवनमा हाल ६.५ हेक्टरमा एभोकाडो खेती हुँदै आएको छ र वार्षिक ५१ मेट्रिकटन उत्पादन भइरहेको छ । पछिल्ला वर्षहरूमा खेती विस्तार भए पनि रोगको जोखिमले उत्पादनमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ । कृषि प्राविधिकको सल्लाहअनुसार रोग नियन्त्रणमा ध्यान दिँदा उत्पादन जोगाउन सकिने विज्ञहरूको सुझाव छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया