|
|
२०८२ फाल्गुन ११
561 views
ललितपुर – मलेसियाको सुलु सागर क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान १२ः५७ बजे भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट केही टाढा समुद्रमुनि रहेको र गहिराइ करिब ६२० किलोमिटर रहेको जनाइएको छ । सबाह वारुण नियन्त्रण तथा उद्धार विभागका अनुसार हालसम्म कुनै भौतिक क्षति वा मानवीय हताहतीको रिपोर्ट प्राप्त भएको छैन ।
मलेसियाको मौसम विज्ञान विभागले सर्वसाधारणलाई नआतिन आग्रह गरेको छ । भूकम्पका कारण सबाह र सारावाकका बासिन्दाले केही सेकेन्डसम्म हल्का कम्पन महसुस गरेका थिए ।
यसको असर छिमेकी मुलुकहरू फिलिपिन्स, ब्रुनाई र सिंगापुरका केही अग्ला भवनहरूमा समेत हल्का धक्का महसुस गरिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया