|
|
२०८२ फाल्गुन ११
816 views
ललितपुर – सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ६८ हजार ७७५ रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज ३ हजार २०० रुपैयाँले बढेको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ७९७ रुपैयाँ निर्धारण भएको छ । हिजो चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकाले त्यसको प्रभाव स्वदेशी बजारमा परेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया