ललितपुर – पुष्पकमल दाहाल प्रचण्डले आज बिहान धादिङमा भएको बस दुर्घटनामा ठूलो मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । पोखरा बाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा भएको क्षतिले आफू अत्यन्त मर्माहत भएको उहाँको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै पुष्पकमल दाहाल प्रचण्डले दुर्घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र उद्धार र प्रभावकारी उपचारको प्रबन्ध गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
नेपाली कम्युनिष्टपार्टीका संयोजकसमेत रहनुभएका उहाँले दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ । दुर्घटनाप्रति विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रबाट पनि समवेदना व्यक्त भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया