२०८२ चैत्र २१ | Apr 04, 2026

कांग्रेस सभापति गगनकुमार थापाको अपिल: सहयोग र उपचारमा ध्यान दिन आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
612 views

ललितपुर – गगनकुमार थापाले धादिङमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । शोक विज्ञप्ति जारी गर्दै उहाँले पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा भएको मानवीय क्षतिले आफू स्तब्ध भएको बताउनुभयो ।

धादिङ को बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा भएको दुर्घटनामा १७ जनाको मृत्यु र २७ जना घाइते भएको प्रारम्भिक तथ्यांक छ । सभापति थापाले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

उहाँले घाइतेहरूको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै सडक सुरक्षा सुधार र दुर्घटना न्यूनीकरणका लागि तत्काल कार्यदल गठन गरी अध्ययन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस ले यस्ता दुर्घटना दोहोरिन नदिन दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ । सडक सुरक्षामा सुधार र यातायात व्यवस्थापन सुदृढ बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको विज्ञहरूको सुझाव छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया