गौरमा सद्भाव र्‍याली : सामाजिक एकताको सन्देश

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
765 views

ललितपुर - ललितपुर – रौतहटको गौरमा आज बिहान सद्भाव र्‍याली निकालिएको छ । सामाजिक सद्भाव बिथोल्ने झडप र तोडफोडपछि भएको घटनापछि र्‍याली निकालिएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले बिहान ६ः३० बजेदेखि कर्फ्यु हटाएको जनाएको छ।

कर्फ्यु हटेसँगै स्थानीय जीवन सामान्य बन्दै गएको छ । बजार, यातायात र शैक्षिक संस्था सञ्चालनतर्फ उन्मुख भएका छन् । सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले निकालिएको र्‍याली गौर–६ स्थित सव्गढाहाबाट सुरु भई नगरका विभिन्न भाग परिक्रमा गरेको थियो ।

र्‍यालीमा हिन्दू तथा मुस्लिम समुदायका अगुवा, जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको सक्रिय सहभागिता थियो । सहभागीहरूले आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्न आग्रह गरे । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सबैलाई संयमित र जिम्मेवार व्यवहार गर्न तथा शान्ति सुरक्षामा सहयोग गर्न आग्रह गर्नुभयो । प्रशासनले अफवाह र उत्तेजनात्मक गतिविधिबाट बच्न सर्वसाधारणलाई सचेत गराएको छ ।

कर्फ्यु हटाइएपछि रौतहटको अवस्था क्रमशः सामान्य बन्दै गएको प्रशासनले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube