ललितपुर - ललितपुर – गृहमन्त्री ओमप्रकाश अर्याल सँग लिला पिटर्स याहियाले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा दुवै पक्षले आपसी सहकार्य र विकास साझेदारीबारे छलफल गरेका हुन् ।
भेटका क्रममा गृहमन्त्री अर्यालले शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहको क्षमता विकासजस्ता क्षेत्रमा संयुक्त राष्ट्रसङ्घले पुर्याएको सहयोग प्रति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि सहकार्य थप प्रगाढ हुने विश्वास व्यक्त गर्दै लोकतन्त्र सुदृढीकरण र सुशासनमा संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो ।
गृहमन्त्रीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सरकार सक्रिय रहेको जानकारी दिँदै शान्तिसुरक्षा कायम गरी लोकतन्त्र संस्थागत गर्ने दिशामा काम भइरहेको उल्लेख गर्नुभयो ।
भेटमा लिला पिटर्स याहिया ले नेपालसँगको सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाउँदै लागूऔषध नियन्त्रण, सीमा सुरक्षा र मानव बेचबिखन रोकथामजस्ता क्षेत्रमा थप सहयोग विस्तार गर्ने विषयमा चासो व्यक्त गर्नुभयो । संयुक्त राष्ट्रसङ्घ र नेपालबीचको सहकार्यले विकास र सुरक्षा क्षेत्रमा सकारात्मक परिणाम दिने अपेक्षा गरिएको छ ।

बिजनेस पाटी