१४ वर्षपछि उडान पुनः सुरु, पाकिस्तान–बङ्गलादेशबीच सम्बन्ध सुधारको आशा

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
663 views

ललितपुर - ललितपुर – पाकिस्तानबङ्गलादेश बीच १४ वर्षपछि प्रत्यक्ष उडान पुनः सुरु भएसँगै कराचीका हजारौँ बङ्गाली मूलका बासिन्दामा पारिवारिक पुनर्मिलनको आशा जागेको छ । दशकौँदेखि राजनीतिक तनाव र कागजी जटिलताका कारण छुट्टिएका परिवार फेरि भेटिने सम्भावनाले समुदायमा भावुक माहोल सिर्जना भएको छ ।

करिब ३० वर्षअघि छोटो भ्रमणमा पाकिस्तान आएका ६० वर्षीय शाह आलम अझै कराची मै बस्दै आएका छन् । सुक्खा माछा बेचेर जीविकोपार्जन गर्दै आएका उनले बङ्गलादेश फर्कने दृढता व्यक्त गरेका छन् । “म जानेछु उनले भावुक हुँदै भने, “ईद अल–अधा पछि म मेरो छोरासँग अवश्य फर्कनेछु । उनका आमाबाबु र पहिलो पत्नीको निधन भइसक्दा पनि पुर्ख्यौली घर फर्कने अवसर मिलेको थिएन ।

सन् १९७१ को युद्धपछि दुई देशबीचको सम्बन्ध कटुतापूर्ण बनेको थियो, जसले लाखौँको ज्यान लिएको थियो। त्यसयता पाकिस्तान मा दश लाखभन्दा बढी बङ्गाली मूलका नागरिक बसोबास गर्दै आएको अनुमान छ । तर धेरैजना नागरिकता र परिचयपत्र अभावमा राज्यविहीनजस्तै जीवन बिताइरहेका छन् ।

युवाहरू पनि पहिचानको समस्याले विदेश जान वा आफन्त भेट्न असमर्थ छन् । २० वर्षीय हुसेन अहमदले आफू बङ्गलादेश जान चाहेको तर कागजात नभएको बताए । म पाकिस्तानी हुँ, तर परिचयपत्र छैन, उनको गुनासो छ ।

कूटनीतिक सम्बन्ध सुधारतर्फ पनि संकेत देखिएको छ। गत वर्ष पाकिस्तानका विदेशमन्त्री इशाक दार ले ढाका भ्रमण गरी वार्ता गरेका थिए । हालै निर्वाचित बङ्गलादेशी राजनीतिक नेता तारिक रहमान को कार्यकालमा पनि संवाद निरन्तर रहने अपेक्षा गरिएको छ ।

स्थानीय राजनीतिज्ञहरूका अनुसार बङ्गाली समुदायले पाकिस्तानको अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको छ, र आपसी सम्बन्ध सुदृढ भए दुवै देशलाई फाइदा पुग्नेछ । तर सांस्कृतिक पहिचान र नागरिकताको प्रश्न अझै चुनौतीका रूपमा रहेको छ ।उडान पुनः सुरु भएसँगै बिछोडिएका परिवारहरू पुनर्मिलनको आशामा छन्, जसले दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय सुरु गर्न सक्ने संकेत दिएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube