सवारी दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
408 views

ललितपुर - ललितपुर – धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–४ मुरलीचोकमा भएको दुर्घटनामा मोटरसाइकल चालक चन्द्रकला महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । महतो जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत हुनुहुन्थ्यो ।

प्रहरीका अनुसार भ्रमरपुराचोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख सूर्यबहादुर शाहीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । टिपर चालक, टिपर र मोटरसाइकल प्रहरीको नियन्त्रणमा राखी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube