पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसके : जेलेन्स्की

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
1.3k views

ललितपुर - ललितपुर – रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै लाग्दा भोलोदिमर जेलेन्स्कीले भ्लादिमिर पुटिनले तेस्रो विश्वयुद्धको प्रक्रिया सुरु गरिसकेको विश्वास व्यक्त गर्नुभएको छ । उहाँका अनुसार अहिलेको सङ्घर्ष केवल दुई देशबीच सीमित छैन, बरु विश्व व्यवस्थामाथिको चुनौतीका रूपमा विकसित भइरहेको छ ।

बिबिसीसँगको अन्तर्वार्ताको सारांश सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गर्दै जेलेन्स्कीले तेस्रो विश्वयुद्धबारे फरक–फरक धारणा रहेको उल्लेख गर्नुभयो। उहाँले लेख्नुभयो, ‘पुटिनले यसलाई सुरु गरिसक्नुभएको छ। प्रश्न के हो भने रुसले कति भूभाग कब्जा गर्न सक्छ र उसलाई कसरी रोक्ने?‘ उहाँका अनुसार उद्देश्य रुसलाई जित्न नदिनु मात्र होइन, तर रुसले आफ्नो सोच र शासन पद्धति अरूमाथि थोपर्ने प्रयास रोक्नु हो ।

जेलेन्स्कीले आफूले लामो समयदेखि पुटिनले व्यापक युद्धको ढोका खोलिसकेको ठानेको बताउँदै युक्रेन अहिले तेस्रो विश्वयुद्धमा परिणत हुनबाट रोक्ने अग्रमोर्चा भएको दाबी गर्नुभयो । ‘आज हामी पुटिनलाई रोक्ने चौकी हौँ,‘ उहाँले भन्नुभयो ।

यो टिप्पणी २४ फेब्रुअरी २०२२ मा सुरु भएको रुसी आक्रमणको चौथो वार्षिकोत्सव नजिकिँदै गर्दा आएको हो । युद्धले हजारौँको ज्यान लिएको छ र पूर्वी युरोपको सुरक्षा सन्तुलनमा गहिरो असर पारेको छ ।

जेलेन्स्कीले सबैभन्दा ठूलो चुनौती युक्रेनको हवाई रक्षा प्रणाली सुदृढ पार्नु रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय साझेदारहरूले उन्नत हवाई रक्षा प्रणाली स्वदेशमै उत्पादन गर्न इजाजतपत्र नदिएकोप्रति असन्तोष व्यक्त गर्नुभयो । ‘भोलोदिमर जेलेन्स्की : पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसकेहवाई रक्षा आजको सबैभन्दा चुनौतीपूर्ण मुद्दा हो,‘ उहाँले भन्नुभयो, ‘आकाश सुरक्षित नभएसम्म नागरिक जीवन र अर्थतन्त्र स्थिर हुन सक्दैन ।

उहाँका अनुसार नागरिक सुरक्षित भए अर्थतन्त्र चल्छ, कर उठ्छ र त्यसले सेनालाई बलियो बनाउँछ । अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आह्वान गर्दै जेलेन्स्कीले हवाई क्षेत्र सुरक्षित गर्नु युद्धको परिणामलाई प्रभाव पार्ने निर्णायक तत्व भएको दोहोर्‍याउनुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube