इमान्दार नेतृत्व चयन गर्न मतदातासँग पुष्पा भुसालको अपिल

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
459 views

ललितपुर - ललितपुर – नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले उम्मेदवारको इमान्दारिता, योजना र व्यक्तित्व हेरेर मतदान गर्न आग्रह गर्नुभएको छ ।

नमूना महिला सञ्जाल गोदावरीले आज आयोजना गरेको निर्वाचन लक्षित महिला भेलामा उहाँले ललितपुर क्षेत्र नं १ का मतदातालाई सबै उम्मेदवारको पृष्ठभूमि अध्ययन गरेर विवेकपूर्ण निर्णय लिन आग्रह गर्नुभयो ।

      उपसभापति भुसालले आफ्नो पार्टीका उम्मेदवार उदयशम्शेर राणा दाग नलागेका, भ्रष्टाचारविरोधी र इमान्दार नेता रहेको दाबी गर्नुभयो । उहाँले राणाको विजय नै यस क्षेत्रको विकासको आधार हुने उल्लेख गर्नुभयो ।

      त्यस्तै, कांग्रेस बदलिएर आएको उल्लेख गर्दै उहाँले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाइएको र राणाको जितले त्यस अभियानलाई थप बल पुग्ने धारणा राख्नुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube