२०८२ चैत्र २१ | Apr 04, 2026

राजस्व चुहावट नियन्त्रणमा एकीकृत समन्वय आवश्यक : अर्थमन्त्री खनाल

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
357 views

ललितपुर – रामेश्वरप्रसाद खनालले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सबै सरोकारवाला निकायले आपसी समन्वय र सहकार्य गर्दै एकीकृत रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रहरी प्रधान कार्यालयमा सम्पन्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठकमा उहाँले सिस्टम सुधारका प्रयासलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

उहाँले राज्यका सबै निकायले आफ्नो क्षेत्राधिकार अनुसार राजश्व चुहावट नियन्त्रण र राजश्व वृद्धिमा भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राजस्व चुहावट नियन्त्रण केवल आर्थिक विषय नभई राष्ट्रिय सुरक्षा, सुशासन र समृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्नुभयो ।

प्रविधि, जनशक्ति, कानुनी सुदृढीकरण र अन्तरनिकाय समन्वय मार्फत दीर्घकालीन र प्रभावकारी परिणाम हासिल गर्न सकिने पनि उहाँले बताउनुभयो ।

बैठकमा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख र पाँच जिल्लाका प्रमुखसँग भर्चुअल माध्यमद्वारा राजस्व चुहावट र तस्करी नियन्त्रण प्रयासबारे छलफल गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया