२०८२ चैत्र १५ | Mar 29, 2026

कालीमाटी बजारमा तरकारी र फलफूलको नयाँ थोक मूल्य सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १२
|
510 views

ललितपुर –  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३४, आलु रातो प्रतिकिलो रु २६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ३०, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, भन्टा (लाम्चो/डल्लो) प्रतिकिलो रु ७० कायम भएको छ ।

त्यसैगरी, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, तिते करेला प्रतिकिलो रु १८०, घिरौँला प्रतिकिलो रु १४०, भिन्डी प्रतिकिलो रु १३०, स्कुस प्रतिकिलो रु ५५ निर्धारण गरिएको छ ।

सागसब्जीतर्फ रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ३५, मेथी प्रतिकिलो रु ४०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, सिताके च्याउ प्रतिकेजी रु १,००० तोकिएको छ ।

अन्य तरकारीमा ब्रोकाउली प्रतिकिलो रु ४०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० कायम गरिएको छ ।

फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (कालो) प्रतिकिलो रु ४००, स्ट्रबेरी प्रतिकिलो रु ५००, एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

मसलातर्फ अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ९००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४० तोकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया