|
|
२०८२ फाल्गुन १२
408 views
ललितपुर - ललितपुर – काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएसँगै आजबाट होली पर्व औपचारिक रुपमा सुरु भएको छ ।
परम्पराअनुसार फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबार को गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली सुरु भएको मानिन्छ ।
यसै प्रचलनअनुसार मंगलबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर पर्व सुरु भएको सन्देश दिएका छन् ।
आजै पशुपतिनाथ मन्दिर, हनुमानढोका दरबारको सुन्दरीचोक, तथा कृष्ण मन्दिर परिसरमा पनि रङ्गीचङ्गी कपडाका टुक्रा झुण्ड्याएर होली प्रारम्भ भएको जनाउने गरिन्छ ।
यस वर्ष होलीको मुख्य दिन फागुन १८ र १९ गते परेको छ । फागुन १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई/मधेशका जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।

बिजनेस पाटी