नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आरोप : महान्यायाधिवक्ताको कार्यालय ‘वासिङ्ग मेसिन’ जस्तो

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १२
|
714 views

ललितपुर - ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा विघटन प्रक्रिया संवैधानिक परीक्षणबाट प्रमाणीकरण हुनुपर्ने अडान दोहोर्‍याएको छ ।

पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले सर्वोच्च अदालतको आलटालका कारण प्रतिनिधिसभा विघटन संवैधानिक परीक्षणमा नलानु संवैधानिक सर्वोच्चताको मान्यताबाट गम्भीर विचलन भएको बताए ।

त्यस्तै, उनले महान्यायाधिवक्ताको कार्यालयले जेनजी उपद्रवमा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई आममाफी दिने निर्णय गरेर कानुनी राज्यको बर्खिलाप गरेको आरोप लगाए ।

उनले भने, ‘आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई आममाफी दिने निर्णयले दण्डहीनता मौलाउने वातावरण बनाउँदै गएको छ ।’ जेनजी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक नगर्दै महान्यायाधिवक्ताको कार्यालयले अपराधलाई ‘वासिङ्ग मेसिन’झैँ धोइपखाली गरेको टिप्पणी गर्दै उनले यस कार्यलाई ‘न्याय मर्नु सरह’ भएको बताए ।

एमालेले महान्यायाधिवक्ताको कार्यालयलाई यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube