हुम्लामा ३०० भन्दा कम मतदाता भएका १५ मतदान स्थल

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १३
|
510 views

ललितपुर - ललितपुर – आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्ला मा कायम ६४ मतदान केन्द्रमध्ये १५ केन्द्रमा तीन सयभन्दा कम मतदाता रहेका छन्। जिल्लामा कुल ३४ हजार ३७२ मतदाता छन् ।

सबैभन्दा कम मतदाता ताँजाकोट गाउँपालिका–३ स्थित बानादेव आधारभूत विद्यालयमा ५४ जना मात्र छन् । गाउँपालिकाको केन्द्रबाट त्यहाँ पुग्न पैदल एक दिन लाग्ने र सडक सञ्जाल नपुगेको अवस्था छ ।

सर्केगाड गाउँपालिकामा तीन मतदान केन्द्रमा ३०० भन्दा कम मतदाता छन्—देबल आधारभूत विद्यालय तुम्च (२४०), धुमचुली आधारभूत विद्यालय कल्लास (२१६) र नीलकण्ठ प्रावि फुचा (२८८) ।

चङ्खेली गाउँपालिकाका तीन केन्द्रमध्ये डाँफे आधारभूत विद्यालय नेप्का (२४२), रारा आधारभूत विद्यालय मेखाला (१४३) र रामशाह आधारभूत विद्यालय पिपलाङ (२१२) मा पनि कम मतदाता छन् । यी क्षेत्रमा पुग्न समेत सडक नपुगेको र पैदल एक दिन लाग्ने अवस्था छ ।

उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका का आठ मतदान केन्द्रमध्ये हिमशिखर प्रावि तिलगाउँ (१३२), भृकुटी प्रावि जाँङगाउँ (२४७) र सुनखानी प्रावि हल्जी (२९३) मा कम मतदाता रहेका छन्। यी गाउँमा हाल १५–२० जनाबाहेक अधिकांश मतदाता जिल्ला सदरमुकाम वा अन्य सहरमा बसिरहेका छन् ।

अन्य केन्द्रहरू अरनिको प्रावि यारी (१९५), खासरपानी प्रावि मुचु (२३४), हिमालय प्रावि चाला (१५९), महाबौद्ध मावि याल्वाङ (२८०) र नमोडोछोमु प्रावि ताङ्घीन (१५९)मा पनि हिउँ जमेको छ । यारी र न्यालु लेकमा बाक्लो हिउँका कारण आवतजावत कठिन भएको र स्काभेटरमार्फत हिउँ पन्छाउने प्रयास भए पनि अवस्था चुनौतीपूर्ण रहेको निर्वाचन अधिकारीले बताएका छन् ।

जिल्लाकै सबैभन्दा बढी मतदाता खार्पुनाथ गाउँपालिकाको मालिका माध्यमिक विद्यालय लालिमा (१,०६३) मा छन्। त्यसपछि मष्टादेव आधारभूत विद्यालय अदानचुली (९७७) र कोट मावि रोडीकोट (९३६) मा बढी मतदाता रहेका छन्।

 पात्रो/राशिफल  रेडियो YouTube