नवलपुर जिल्लामा चुनावी तयारी अन्तिम चरणमा

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १३
|
459 views

ललितपुर - ललितपुर – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्ला (नवलपुर) मा पाँच हजारभन्दा बढी जनशक्ति परिचालन हुने भएको छ ।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन १,८६९ जना निर्वाचन कर्मचारी र ३,५०० सुरक्षाकर्मी गरी कुल ५,३६९ जना परिचालन गरिनेछन् ।

मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीका अनुसार हरेक मतदान केन्द्रमा एक जना मतदान अधिकृतसहित आठ जना कर्मचारी खटाइनेछ। मतदान अधिकृतलाई फागुन १४ र १५ गते प्रशिक्षण दिइने तयारी छ ।

निर्वाचनका लागि आवश्यक ५१ प्रकारका सामग्री तथा करिब छ लाख मतपत्र जिल्लामा आइसकेका छन् ।

निर्वाचन क्षेत्र नं १ मा प्रत्यक्षतर्फ १,४६,००० र समानुपातिकतर्फ १,५४,००० मतपत्र, तथा क्षेत्र नं २ मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ १,४१,०००/१,४१,००० मतपत्र आइपुगेका छन्।

जिल्लामा क्षेत्र नं १ मा १,३७,०८१ र क्षेत्र नं २ मा १,३१,४४५ मतदाता रहेका छन्।

एउटा अस्थायी केन्द्रसहित कुल ३११ मतदानस्थल कायम गरिएको छ। कावासोती नगरपालिका–२ स्थित शिव माविमा अस्थायी मतदान केन्द्र राखिएको छ, जहाँ ३,४४२ कर्मचारी र सुरक्षाकर्मीले मतदान गर्नेछन्।

 पात्रो/राशिफल  रेडियो YouTube