ललितपुर - ललितपुर – पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् ।
नेपाल प्रहरी को केन्द्रीय अनुसन्धान ब्युरोले रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनी का प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घ का पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–३१ का सिंह आज पक्राउ परेका हुन् भने धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका–२ का तिवारी मंगलबार पक्राउ परेका हुन् ।
हालसम्म उक्त कसूरमा संलग्न ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमाका नेपालस्थित कर्मचारी तथा हेलिकोप्टर कम्पनीका शेयरधनी सञ्चालकसहित नौ जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
अभियुक्तहरूले उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार देखाइ बिमा रकम दाबी गरेर गैरकानुनी आर्थिक लाभ लिएको अनुसन्धानबाट खुलेको छ ।

बिजनेस पाटी